7 years ago
June 17, 2019
गाईघाट (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै मोरङ फुटबल फुटबल एकेडेमी छैटौं रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा पुगेको छ । थारुहट उदयपुर रंगशालामा सोमबार निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा मोरङले बाजीमा पारेको थियो ।

टाइब्रेकरमा मोरङका लागि विवके पौडेल, दीपक राई, विक्रम लिम्बु र उमेश कार्कीले गोल गर्न सके । पुलिगका लागि सुमन लामा र दिनेश गुरुङले गोल गरे । अजित भण्डारीको प्रहारलाई भने मोरङका गोलकिपर सूर्य अधिकारीले रोके भने भरत शाहको प्रहार बाहिरिएको थियो । गोलकिपर सूर्य म्यान अफ दी म्याच घोषित भए र उनले ७ हजार रुपैयाँ प्राप्त गरे ।

त्यसअघि दुवै टोली एक एक पटक अग्रता लिए पनि जोगाउन सकेनन् । मोरङका लागि दुवै गोल नवयुग श्रेष्ठले गरे । ११ औैं मिनेटमा नवयुगको गोलबाट मोरङ अघि लागेको थियो । पुलिसका रवि पासवानले १९ औं मिनेटमा बराबरी गोल गरे । मोरङका विकास खवासको अत्मघाती गोलमा पुलिसले खेलमा अग्रता लिएको थियो । ७१ औं मिनेटमा नवयुगको गोलमा मोरङले खेलमा बराबरी गोल फर्काएका थिए ।
उदयपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा मंगलबार सिएमजी क्लब संकटा र गोर्खा ब्वाइज रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]