6 years ago
June 19, 2019
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिलका युवा फरवार्ड रोड्रिगोलाई सार्वजनिक गरेको छ ।

रियलले गत वर्ष नै रोड्रिगोलाई ४० मिलियन पाउन्डमा अनुबन्ध गर्न सान्तोषसँग सहमति गरिसकेका थिए । सोही सहमतिलाई रियलले मंगलबार सार्वजनिक गरेको हो । क्लबका अध्यक्ष फियोरेन्टिना पेरेजले सार्वजनिक गरेका थिए ।
१८ वर्षीय रोड्रिगो यो सिजन रियलमा आबद्ध हुने ५ खेलाडीमध्ये हुन् । रियलले लुका जोभिक, इडर मिलिसाओ, फरल्यान्ड मेन्डी र इडेन हजार्डलाई पनि अनुबन्ध गरिसकेका छ ।

सम्भवत रोड्रिगो यो सिजन रियलको रिजर्भ टिममा रहनेछन् । रियलको रिजर्भ टिमले स्पेनको सेगुन्डा ‘बी’ डिभिजन खेल्नेछन् । रोड्रिगोले रियलको अग्रपङ्तिमा करिम बेन्जेमा, भेनेसियस जुनियर, लुका जोभिक र इडेन हजार्डसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

‘मेरो चाहना रियलबाट खेल्ने थियो । मलाई दोस्रो डिभिजन खेल्नमा कुनै समस्या छैन । मैले एक उत्कृष्ट खेलाडी हजार्डलाई पछ्याएको छु । मैले उनको तस्वीरलाई मोबाइलको लक स्क्रिनमा राखेको छु । मेरो हजार्डसँग खेल्ने सपना पुरा हुदैछ । र यहाँ बेन्जेमा र भेनेसियस जुनियर जस्ता खेलाडीहरु पनि छन् ।’ रोड्रिगोले भने ।
रोड्रिगोले सान्तोषका लागि यो सिजन ३५ खेलमा ८ गोल गरेका छन् । उनले ब्राजिलको यु–२० टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् ।
यो सिजन खेलाडी अनुबन्धमा मोटो रकम खर्चिसकेको रियलले अझै पनि म्यानचेस्टर युनाइटेडका पल पोग्वालाई अनुबन्ध गर्न प्रयास जारी राखिरहेको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]