6 years ago
June 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब एएफसी कप फुटबल अन्तर्गतको समूह चरणको पाँचौ खेलका लागि अहिले बंगलादेशमा रहेको छ ।

मनाङले समूह चरणको पाँचौ खेलमा घरेलु टोली ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल बंगबन्धु रंगशालामा साँझ ५ः३० बजेपछि खेल शुरु हुनेछ । समूह चरणमा एक खेल पनि जित हात पार्न नसकेको मनाङ पहिलो जितको खोजीमा मैदान उत्रँदा अबहानीविरुद्ध हारको बदला लिने दाउमा रहनेछ । गत अप्रिलमा काठमाडौंमा भएको खेलमा मनाङ अबहानीसँग १–० ले पराजित भएको थियो । सोही हारको बदला मनाङ उसकै मैदाना लिने दाउमा रहनेछ ।
राष्ट्रिय खेलाडीले भरिपुर्ण मनाङले मिर्नेभा पन्जावसँग बराबरी खेल्दै दुई अंक जोड्न सफल भएको थियो । समूह ‘इ’ मा रहेको मनाङ र पन्जाव जितविहीन छ । त्यसैले दुवै टोली बंगबन्धु रंगशालामा मैदानमा उत्रदा मनाङ पहिलो जितको खोजीमा रहँदा अवहानी तेस्रो जितको खोजीमा हुनेछ ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अघिल्लो खेलमा भन्दा सुधारिएको प्रदर्शन गर्दै अबहानीविरुद्व जित निकाल्ने लक्ष्यमा मैदान उत्रने बताएका छन् । ‘अबहानी हाम्रो स्तरकै क्लब हो । काठमाडौंमा भएको पहिलो खेलमा आफ्नै गल्तीका कारण अंक गुमाएका थियो ।’ प्रि–म्याचमा प्रशिक्षक लोप्साङले भने, ‘त्यसपछि हामीले धेरै सुधार गरेका छौं । सुरुवाती दुई खेलमा अंक जोड्न नसकेपनि हामीले पछिल्लो दुई खेलमा अंक जोडेका छौं । हामी ३ अंकका लागि खेल्नेछौं ।’
यस्तै प्रशिक्षक लोप्साङले मौसमले पनि केही प्रभाव पार्न सक्ने बताउँदै कृत्रिम मैदानमा खेल्न खेलाडीलाई असहज भएको बताउँदै बंगलादेशको घाँसे मैदानमा आफ्नो स्वभाविक खेल पस्किने बताए ।

कप्तान विराज महर्जनले राष्ट्रिय टिममा रहेका कारण टिमसँगै तयारी गर्न नपाएपनि महत्वपुर्ण खेलमा जित निकाल्ने बताएका छन् । ‘खेल दुवै टिमका लागि उत्तिकै महत्त्वपूर्ण छ । अबहानी निकै राम्रो र बलियो टिम हो । तर, घरेलु टोलीलाई पराजित गर्नकै लागि खेल्नेछौं,’ उनले भने । अबहानीलाई जित्नेमा आशवादी छौं भएपनि ओभर कन्फिडेन्ट नरहेको विराजले बताए ।
मनाङले ४ खेलमा २ अंक जोड्दै अंक तालिकाको पुछारमा छ । नेपालले दुवै अंक मिर्नेभा पन्जावसँगको खेलबाट लिएो हो । अवहानी ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ । चेन्नाइयिन ४ खेलमा दुई जित र १ बराबरी र एक हारसँगै ७ अंक जोडेर गोल अन्तरमा अवबानीलाई पछि पार्दै शीर्ष स्थानमा रहेको छ ।चारै खेल बराबरी खेलको मिर्नेभा पन्जाव ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]