default_image

6 years ago

June 19, 2019

पोर्चुगिज फरवार्ड फेलिक्स म्याड्रिड जाने

125 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज टिनएज फरवार्ड जोओ फेलिक्स स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्ध हुने पक्का भएको छ ।

एट्लेटिको म्याड्रिडले १९ वर्षीय युवा प्रतिभा फेलिक्सलाई अनुबन्ध गर्न इंग्लिस क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडलाई पछि पारेको हो । स्पेनिस पत्रिका मार्काका अनुसार एट्लेटिकोले फेलिक्सलाई आउँदो सोमबार १ सय ७ मिलियन पाउन्डमा अनुबन्ध गर्नेछ । उनको सम्झौता अवधि भने खुलाइएको छैन । फरवार्ड एन्टोइन ग्रिजमनले क्लब छाड्ने बताएसँगै एट्लेटिको नयाँ फरवार्डको खोजीमा रहेको थियो ।

यो सिजन बेन्फिाकालाई पोर्चुगिज लिग च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका फेलिक्सको क्लबसँग २०२३ सम्म सम्झौता रहेपनि उनले क्लब छाड्ने पक्का भएको हो । पोर्चुगलको सिनियर टोलीबाट पनि खेलिसकेका फेलिक्सले एट्लेटिको रोज्नुको पछाडि पहिलो रोजाइमा खेल्ने मौका हो ।

फेलिक्सले बेन्फिकाका लागि यो सिजन ४३ खेल खेल्दै २० गोल गर्नुका साथै ११ असिस्ट दिएका थिए । पोर्टाेका फेलिक्सले अघिल्लो सिजन बेन्फिकाबाट डेब्यु गर्दै सुरुवातमै आफ्नो छाप छाड्दै सबैको नजरमा परेका थिए । बेन्फिकालाई पोर्चुगिज लिग च्याम्पियन बनाउन फेलिक्सले यो सिजन २६ खेलमा १५ गोल गर्नुका साथै ७ असिस्ट गरेका थिए ।

युरोपा लिग अन्तरगत क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन प्रतिद्वन्द्वी फ्रान्कफर्टविरुद्धको खेलमा सनसनीपुर्ण ह्याट्रिक गरेसँगै उनको चर्चा चुलिएको थियो । फेलिक्सले ५ जुनमा घरेलु मैदानमै आयोजना भएको युइइफएइ नेसन्स लिगको सेमिफाइालमा स्वीट्जरल्यान्डविरुद्ध ३–१ को जित निकालेको खेलबाट पोर्चुगलको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.