default_image

6 years ago

June 24, 2019

पीएसजीले नेयमार दिन क्यासमिरो माग्यो

138 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आफ्ना स्टार खेलाडी नेयमार अनुबन्ध गर्ने तयारीका रहेको स्पेनिस क्लब रियल म्याड्रिड समक्ष नयाँ प्रस्ताव राखेको छ ।

पीएसजीले रियल समक्ष विश्व कीर्तिमानी नेयमारको मुल्य १९६ मिलियन पाउन्ड राख्दै डिफेन्सिभ मिडफिल्डर ब्राजिली क्यासमिरो माग गरेको हो । नेयमार २२२ मिलियन पाउन्डमा सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजी पुगेका थिए ।

रियल नेयमार अनुबन्ध गर्न इच्छुक रहेपनि बढी मुल्यका कारण पछि हटिरहेको छ । पीएसजीको यो माग सबै कुरा क्यासमिरोमा अडिएको छ । क्यासमिरोले पीएसजी जाने चासो देखाएको खण्डमा दुवै क्लब यस विषयमा सहमत हुन सक्ने देखिएको छ ।

पीएसजीले ३६ वर्षीय आफ्ना भेट्रान्स खेलाडी थियागो मोट्टाको विकल्पको खोजीमा छ । यसक्रममा पीएसजीले ब्राजिल तथा रियलका क्यासमिरोलाई अघि सारेको हो ।

रियल क्यासमिरो बेच्ने पक्षमा छैन । तर, यसै सिजन जिनेदिन जिदान पुनः रियलको प्रशिक्षकमा नियुक्त भएपछि क्यासमिरोले कमै मात्रामा मौका पाएका छन् । रियलले फ्रान्स तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पल पोग्वालाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । रियल र जिदान यसमा सफल भए क्यासमिरोको बाहिरिने सम्भावना हुनेछ ।

यो सिजन खेलाडी अनुबन्धमा ३०० मिलियन पाउन्ड खर्च गरिसकेको रियले अब बाँकी खेलाडी अुनबन्ध गर्नको लागि १५० मिलियन पाउन्डमा आफ्ना खेलाडी बेच्नुपर्ने हुन्छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.