6 years ago
June 22, 2019
गाईघाट (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले रमपम छैठौं उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रुपन्देहीको गोर्खा ब्वाइज क्लब १–० ले हराउँदै विभागिय टोली एपिएफ च्याम्पियन बनेको हो ।

गाईघाट स्थित थरुहट उदयपुर रंगशालामा भएको फाइनलमा श्याम नेपालीको गोल खेलको निर्णायक बनेको थियो । उनले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए । श्याम फाइनलको म्यान अफ दी म्याच घोषित भए र उनले ७ हजार रुपैयाँ प्राप्त गरे ।
उपाधिसहित एपिएफले ५ लाख र गोर्खा ब्वाइजले ३ लाख रुपैयाँ प्राप्त गरेको थियो । एपिएफका राजेन्द्र रावल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले ५० हजार रुपैयाँ प्राप्त गरे । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले विजेता, उपविजेता टोलीलाई पुरस्कृत गरे । प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]