6 years ago
June 23, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत घरेलु टोली ब्राजिलले समूह विजेता बन्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

शनिबार भएको समूह चरणको अन्तिम खेलमा ब्राजिलले पेरुलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । ब्राजिलले खेलको १२ औं मिनेटमा क्यासेमिरोको गोलमा अग्रता लिएको थियो । उनले मार्किन्होसको पासलाई सदुपयोग गरे । त्यसको ७ मिनेटपछि नै ब्राजिलले रोबर्टो फिर्मिनोको गोलमा अग्रता दोब्बर पार्यो ।
खेलको ३२ औं मिनेटमा एभरटनले गोल गरेपछि ब्राजिल फराकिलो जिततर्फ उन्मुख भएको थियो । पछिल्ला दुवै खेलमा बेन्चबाट आएर प्रभाव जमाएका एभरटनले फिलिपे कोउटिन्होको पासमा गोल गरेक थिए ।

दोस्रो हाफको ५३ औं मिनेटमा फिर्मिनोको पासमा कप्तान ड्यानी आल्भेसले गोल गरे । ९० औं मिनेटमा एभरटनको पासमा विलियनले उत्कृष्ट गोल गरेपछि ब्राजिल ५-० ले अगाडि बढ्यो । इन्ज्युरी समयमा ग्याब्रिएल जेससले पेनाल्टी सदुपयोग गर्न नसक्दा ब्राजिल आधा दर्जन गोल पुर्याउन चुकेको थियो । उनको प्रहार गोलरक्षक पेड्रो गलेसेले बचाए ।
यस नतिजासँगै ब्राजिल ३ खेलमा ७ अंक जोड्दै शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबारै बोलिभियालाई ३-१ ले पराजित गरेको भेनेजुएला ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा पुग्यो । तेस्रो स्थानको पेरु भने ३ खेलमा ४ अंक छ र उत्कृष्ट तेस्रो स्थानमा रहँदै अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ । बोलिभिया अंकविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]