6 years ago
June 23, 2019
एजेन्सी – विश्व फुटबलका सुपरस्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका २०१९ मा संघर्ष गरिरहेको छ । सुरुवाती दुई खेलमा अपेक्षित नतिजा निकाल्न नसक्दा टोली समूहको पुछारमा रहेको छ

पहिलो खेलमा अर्जेन्टिना कोलोम्बियासँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा पाराग्वेसँग १-१ को बराबरीमा रोकिँदा खेलको एकमात्र गोल लिओनेल मेस्सीले पेनाल्टीमार्फत गरेका थिए । दुवै खेलमा अर्जेन्टिनाले ओपन प्लेमा गोल गर्न सकेको छैन । प्रशिक्षक लिओनेल स्कालोनीले पनि टोलीको क्वाटरफाइनलमा पुग्ने सम्भावना जीवित रहनुलाई टोलीको भाग्य रहेको बताएका छन् ।
अर्जेन्टिनाले समूहको अन्तिम खेलमा आइतबार कतारसँग खेल्दैछ । समूह ‘बी’ बाट लगातार दुई जितसँगै कोलोम्बियाले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ । यस्तो अवस्थामा अर्जेन्टिनासँग समूह उपविजेता हुने सम्भावना पनि छ । पाराग्वेको २ खेलमा २ अंक छ भने कतार र अर्जेन्टिनाको १-१ अंक छ । गोलअन्तरमा कतारले अर्जेन्टिनालाई पछाडी पारेको छ ।
अर्जेन्टिनाको जित :
अर्जेन्टिनाले कतारलाई पराजित गरेको खण्डमा टोलीको क्वाटरफाइनलमा प्रवेश गर्नेछ । यद्यपी अर्जेन्टिनाले समूह उपविजेता नभएर उत्कृष्ट दुई तेस्रो स्थानका टोलीका रुपमा अर्को चरणमा स्थान बनाउने सम्भावना रहनेछ । तेस्रो स्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेमा अर्जेन्टिनाको भेट ब्राजिलसँग पर्ने सम्भावना बलियो छ । यसका लागि पराग्वेले कोलोम्बियालाई पराजित अथवा बराबरीमा रोक्नुपर्नेछ ।

अर्जेन्टिनाको बराबरी :
अर्जेन्टिना कतारसँग बराबरीमा रोकिएपनि अर्को चरणमा पुग्ने सम्भावना जीवित रहनेछ । यसका लागि पाराग्वेले कोलोम्बियासँग ३ गोल वा सोभन्दा बढीले पराजित हुनुपर्नेछ । यसका साथै समूह सी मा इक्वेडर र जापानको खेल पनि बराबरीमा सकिनुपर्नेछ । जापानले जित दर्ता गरे अथवा पराग्वेले अनुकुल नतिजा ननिकाले भने अर्जेन्टिना बाहिरिनेछ ।
अर्जेन्टिनाको हार :
कतारसँग पराजित भएको खण्डमा भने अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिनेछ ।
यो पनि : ‘कतारका खेलाडी मेस्सीसँग सेल्फी खिच्न आएका हैनन्’ – प्रशिक्षक सान्चेज
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]