default_image

6 years ago

June 24, 2019

ब्राजिललाई स्तब्ध पार्दै फ्रान्स क्वाटरफाइनलमा

101 views

0 Bookmark

एजेन्सी – घरेलु टोली फ्रान्सले महिला विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । फ्रान्सले उपाधिको दावेदारको रुपमा हेरिएको ब्राजिललाई अतिरिक्त समयमा २–१ ले स्तब्ध पार्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

लि हाब्रेमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । अतिरिक्त समयको १०६औं मिनेटमाअमनदिने हेनरीले गोल गर्दै फ्रान्सको जित पक्का गरे ।

त्यसअघि खेलको ५२औं मिनेटमा भालेरी गौभिनको गोलबाट घरेलु टोली फ्रान्सले खेलमा अग्रता बनाएको थियो । ६३औं मिनेटमा थाइसाले बराबरी गोल फर्काउदै ब्राजिललाई खेलमा फर्काएकी थिइन् । त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको हो ।

अब अन्तिम क्वाटरफाइनलमा स्पेन र अमेरिकाबीच खेल हुदैछ । यसअघि नर्वेले अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–१ ले तथा इंग्ल्यान्डले क्यामरुनलाई ३–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरिसकेको छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.