default_image

6 years ago

June 24, 2019

महारेजको गोलमा अल्जेरियाको जित

118 views

0 Bookmark

एजेन्सी– इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरावर्ड रियाद महारेजको गोल सहयोगमा अल्जेरियाले अफ्रिका कप अफ नेसन्समा विजयी शुरुवात गरेको छ ।

इजिप्टमा जारी नेसन्स कपमा समूह ‘सी’ मा रहेको अल्जेरियाले केन्यालाई २–० ले पराजित गरेको हो । अल्जेरियाको सहज जितमा बग्दाद बाउनेजा र रियाद महारेजले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको ३४औं मिनेटमा बग्दादले पेनाल्टीमा गोल गर्दै अल्जेरियालाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा महारेजले गोल गर्दै अल्जेरियालाई पहिलो हाफमा २–० को अग्रता दिलाए । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा अल्जेरिया २–० ले विजयी हुन सफल भयो ।

यही समूहको अर्काे खेलमा सेनेगलले तान्जिनियालाई २–० ले नै पराजित गरेको छ । सेनगलको जितमा केइटा बाल्डे र क्रिपिन डिट्टाले गोल गरे । जितसँगै अल्जेरिया र सेनेगलले समूह ‘सी’ मा ३ अंक जोडेको छ । पराजित केन्या र तान्जिनिया अंकविहीन छ ।

समूह ‘डी’ को खेलमा मोराक्कोले नामिवियालाई १–० ले पराजित गरेको छ । मोरोक्कोको जितमा अन्तिम समयमा भएको आत्मघाती गोल नै निर्णायक बन्यो । बराबरीतर्फ धकेलिएको खेलको ८९औं मिनेटमा विपक्षीको प्रहार बचाउने क्रममा इटामुन्वा केइमुन्नेले आत्मघाती गोल गर्न पुगेका थिए ।

जितसँगै मोरोक्कोले समूह ‘डी’ मा ३ अंक जोडेको छ । पारजित नामिविया पुछारमा छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.