6 years ago
June 24, 2019
विराटनगर (हाम्रो खेलकुद)– प्रदेश १ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता अर्को साताबाट सुरु हुने भएको छ । १४ जिल्लाका टोलीको सहभागिता रहने लिगका खेल ३ जिल्लामा हुनेछन् । असार १६ गतेबाट सुरु हुने प्रतियोगितामा ३३ खेल हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।

विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता एवं केन्द्रिय सदस्य किरण राईले प्रतियोगिताका लागि प्रदेश सरकारले १ करोड र एन्फाबाट ३३ लाख रुपैयाँ विनियोजन भएको जानकारी दिए । चार स्थानमा आयोजना गरिने प्रतियोगिता अन्तर्गत पहिलो चरणमा प्रतियोगितामा सहभागि १४ टोलीले इलाम, धरान र उदयपुरमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि प्रत्येक स्थानबाट समान २ वटा टोलीले दोश्रो चरणमा स्थान बनाउने र फाइनल खेल विराटनगरस्थित शहिद मैदानमा हुने प्रवक्ता राईले बताए ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख, दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । पुरस्कार राशी मोफसलमा हुने गोल्ड कपको भन्दा पनि कम रहेको फुटबलकर्मीहरुको गुनासो छ । प्रदेश लिगका लागि १४ वटा टोलीको छनोट कसरी हुने भन्ने विषयमा पनि एन्फाले तयारी गरेको देखिदैन । हाल एन्फा मातहतका सबै जिल्लामा जिल्ला स्तरीय ए डिभिजन लिग सञ्चालन भइरहेको छ ।
जिल्लाबाट कुन प्रकारले मुख्यमन्त्री कप लिगमा सहभागिता जनाउने आफूहरुलाई जानकारी समेत नआएको मोरङ जिल्लाको एक क्लबका पदाधिकारीले बताएका छन् । मुख्यमन्त्री कप प्रदेश लिगका लागि टोली कसरी चयन भयो वा हुनेछ त्यसबारे कुनै सोधखोज नभएको ती पदाधिकारी बताउँछन् ।
‘१४ टोलीबीचको लिग हतारोमा खेलाउन लागेको देखिएको छ,’ झापा जिल्ला फुटबलका पूर्व पदाधिकारीले गुनासो गरेका छन्, ‘मुख्यमन्त्री कपको नाममा प्रतियोगिता गराउँदाको उपाधि, खेलाडी खर्च, टोली खर्च हेर्दा २० लाख भन्दा धेरै खर्च हुने जस्तो देखिदैन । बाँकी रकमको विषयमा एन्फा आफै अन्योलमा देखिएकोछ ।’
लिगमा सहभागी १४ टोलीलाई समान ५० हजार रुपैयाँ दिने बताइएको छ । प्रतियोगितामा तेस्रो, चोथो, पाँचौ र छैटौं हुने टोलीले समान ७५ हजार पाउनेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख, प्रत्येक खेलका म्यान अफ द म्याच लाई ५ हजार, फाइनलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ दिने बताइएको छ । विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]