default_image

6 years ago

June 26, 2019

‘नेयमारसँग खेल्न पाउँदा खुसी’ – कोउटिन्हो

137 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– नेयमारसँग एउटै क्लबमा खेल्ने अवसर मिल्दा आफुलाई खुसी लाग्ने बार्सिलोनाका मिडफिल्डर फिलिपे काउटिन्होले बताएका छन् । उनले ब्राजिलियन सहकर्मी नेयमारलाई सुपरस्टार रहेको समेत बताएका छन् ।

नेयमारले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा दुई सिजन मात्र बिताएका छन् । टोलीलाई धेरै उपाधि जिताउने लक्ष्यका साथ नेयमार बार्सिलोनाबाट पिएसजी पुगेका थिए । तर, छोटो समयमै ब्राजिलियन लिग वान च्याम्पियन्स टोली छोड्न चाहेको खबर चर्चामा छन् । बार्सिलोना पनि पूर्व स्टारलाई भित्राउने प्रयासमा रहेको बताइएको छ । बार्सिलोना र नेयमारबीच ५ वर्षको लागि मौखिक सम्झौता समेत भइसकेको खुल्न आएको छ ।

नेयमारको पुनरागमनको चर्चासँगै काउटिन्होको क्लब छाड्ने प्रसंग सुरु भएको छ । यद्दपी उनले नेयमारसँग खेल्ने अवसर मिलेमा आफुका लागि खुसी लाग्ने बताएका छन् । ‘नेयमारसँग खेल्न पाउनु साच्चै मेरो लागि खुसीको कुरा हो । उनी सुपर स्टार हुन्, ‘काउन्टिहोले भने,’ मलाई थाहा छैन के हुन्छ । तर उनीसँग खेल्ने कुरा गर्दा पनि खुसी लाग्छ । उनी अर्कै क्षमता भएका खेलाडी हुन् । उनी जुन सुकै टोलीका लागि पनि महत्वपूर्ण खेलाडी हुन् । ‘

नेयमारको प्रतिभा र क्षमतालाई कसैले पनि नकार्न नसक्ने काउन्टिहोले बताएका छन् ।
‘अहिलेको अवस्थामा मानिसका धेरै खाले कुरा हुन्छन् । तर, के हुन्छ भन्न सकिन्न,’ उनले भने , ‘उनी एउटा समूहको अंग हुन् । उनी समूह सँगै छन्, तर हामीले यी सबै विषयमा केहि कुरा गरेका छैनौं ।’

बार्सिलोनाका अर्का खेलाडी अर्थरले पनि नेयमार क्लबमा फर्केर आए खुसी लाग्ने बताएका छन् । उनले जति राम्रो खेलाडी क्लबमा भित्राए क्लब त्यत्ति नै बलियो हुने बताए । नेयमारका विषयमा उनले भने,’ निश्चयनै मलाई उनी राम्रो लाग्छ । उनी उत्कृष्ट खेलाडी हुन् । मेरो लागि मात्र होइन उनी सबैका लागि उत्कृष्ट खेलाडी हुन् । ‘

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.