default_image

6 years ago

June 25, 2019

स्पेनलाई पराजित गर्दै अमेरिका क्वाटरफाइनलमा

152 views

0 Bookmark

एजेन्सी – उपाधिको दावेदार स्पेनलाई पराजित गर्दै अमेरिका महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाले स्पेनलाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

फ्रान्सस्थित रेइम्समा भएको खेलमा अमेरिकाको लागि दुवै गोल मेगन रापिनोइले पेनाल्टीमा गरिन् । स्पेनका जेनिफर हरमोसोले एक गोल फर्काइन् ।

खेलको सातौ मिनेटमा नै मेगनले पेनाल्टीमा गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाईन् । तर, त्यो अग्रता दुई मिनेट पनि टिकेन । नवौं मिनेटमा जेनिफर हारमोसोले बराबरी गोल फर्काइन् । उनले लुसिया गार्सियाको पासमा गोल गरेकी थिइन् । बराबरीपछि पहिलो हाफमा अमेरिकाले गोल गर्ने तीन सुन्दर मौका खेर फाल्दा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा पनि अमेरिकाले स्पेनलाई दवावमा राखेपनि गोलको लागि पेनाल्टीको साहरा लिनु परेको थियो । ७१औं मिनेटमा अमेरिकाले पेनाल्टीको मौका पायो ।

लेभेलीलाई स्पेनकी टोरीसिल्लाले बक्समा लडाएपछि रेफ्रीले भिएआरको सहायतामा पेनाल्टी दिएको थियो । जसलाई ७६औं मिनेटमा मेगनले सदुपयोग गर्दै अमेरिकालाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा अमेरिका विजयी हुन सफल भयो ।

अर्काे खेलमा स्वीडेनले क्यानडालाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित ग¥यो । स्वीडेनको जितमा खेलको ५५औं मिनेटमा स्टिना ब्लयाकस्टेनसले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.