default_image

6 years ago

June 25, 2019

काभानीको गोलमा उरुग्वेले चिलीलाई हरायो

151 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा उरुग्वेले चिलीलाई पराजित गरेको छ । उरुग्वेको १-० को जितमा एडिन्सन काभानीले खेलको अन्तिम समयमा गरेको गोल निर्णायक सावित भयो ।

काभानीले खेलको ८२ औं मिनेटमा विजयी गोल गरेका थिए । उनले जोनाथन रोड्रीग्वेजले पेंलैत क्षेत्र बाहिरबाट दिएको क्रसलाई ६ यार्ड बक्सनजिकबाट हेडरमार्फत गोल गरेका थिए । त्यसअघि ७० औं मिनेटमा चिलीले अग्रता लिने अवसर गुमाएको थियो । ७० औं मिनेटमा चिलीका डिआजले फ्लिक गरेको बलमा गोलरक्षक फर्नान्डो मुस्लेरा बिट भएपनि डिफेन्डर जोसे जिमिनेजले गोललाइनबाट बचाएका थिए ।

पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल्दै काउन्टर अट्याकमा गोलको प्रयद गरेका थिए । पहिलो हाफको २ मिनेट समय बाँकी रहँदा उरुग्वेले गोल गर्ने मौका पाएको थियो । कर्नरमा एको बललाई काभानीले फ्लिक गरेपछि मार्टिन कासेरेसको प्रहारले पोस्टको दिशा लिन सकेन । त्यसअघि २३ औं मिनेटमा सुआरेजले गोलरक्षकलाई बिट गरेपनि प्रहार गर्न ढिलो गर्दा गोलरक्षक आरिआसले बचाऊ गरेका थिए ।

समूहको अर्को खेलमा जापान र इक्वेडर १-१ को बराबरीमा रोकिएपछि जापान समूह चरणबाट बाहिरिएको छ । जापानले शोया नाकाजिमाको गोलमा १५ औं मिनेटमा अग्रता लिएपनि इक्वेडर ३५ औं मिनेटमा गोल फर्कायो । इक्वेडरका लागि एन्जल मेनाले गोल गरेका थिए ।

यस समूहबाट उरुग्वे ३ खेलमा ७ अंकसहित शीर्षस्थानमा रहयो भने चिली ६ अंक बोक्दै उपविजेताको रुपमा अगाडी बढेको छ । जापान २ अंक र इक्वेडर १ अंकसहित प्रतियोगिताबाट बाहिरिएका छन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.