default_image

6 years ago

June 25, 2019

मालीको फराकिलो जित

126 views

0 Bookmark

एजेन्सी – मालीले अफ्रिका कप अप नेसन्समा फराकिलो जित हात पारेको छ । मालीले मौरीतानियामाथि ४–१ को फराकिलो जित निकालेको हो ।

स्वीज स्टेडियममा मंगलबार बिहान भएको खेलमा मालीको फराकिलो जितमा अडामा ट्राअोरे, अडामा ट्राअोरे, अब्दुलाय डियाबी र मौसा मरेगाले समान १-१ गोल गरे । मौरीतानियाका इएल हान्सेन इएल आइडीले एक गोल फर्काए ।

मालीले खेलको ३७औं मिनेटमा डियावीको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफमा अन्तिम समयमा मौसाले पेनाल्टीमा गोल गरेपछि माली खेलमा २–१ ले अघि बढेको थियो ।

५५औं मिनेटमा ट्राअोरे गोल गरे । ७२ औं मिनेटमा आइटडीले गोल गर्दै मौरीतानियालाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, ७४औं मिनेटमा ट्राअोरेले टिमको लागि चौथो गोल गर्दै मालीलाई ४–१ को फराकिलो जित दिलाए । खेलको ६१ अौं मिनेटमा ट्राअोरेको स्थानमा ट्राअोरे मैदान प्रवेश गरेका थिए ।

यही समूहको अर्का खेलमा ट्युनिसिया र अंगोलाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । यससँगै मालीले ३ अंक जोडेको छ । ट्युनिसिया र अंगोलाको समान १ अंक रहँदा मौरीतानिया अंकविहीन हुदै पुछारमा छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.