6 years ago
June 25, 2019
एजेन्सी – अफ्रिका कप नेसन्समा आइभोरी कोस्टले दक्षिण अफ्रिकालाई हराएको छ । सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा आइभोरी कोस्टले दक्षिण अफ्रिकालाई १–० ले पराजित गरेको हो ।

जोनाथन कोड्जियाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ६४औं मिनेटमा जोनाथन कोड्जियाले गोल गर्दै आइभोरी कोस्टलाई अग्रता दिलाए ।
उनले म्याक्स एलाइन ग्राडेलको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा आइभोरी कोस्ट १–० ले विजयी हुन सफल भयो ।
जितसँगै आइभोरी कोस्ट ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै भएपनि मोरोक्को दोस्रो स्थानमा रहेको छ । अंक विहीन नामिविया र दक्षिण अफ्रिका तेस्रो र चौथोमा छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]