6 years ago
June 25, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ को समूह चरणका खेलहरु समाप्त भएका छन् । यससँगै क्वाटरफाइनल पुग्ने ८ टोलीको छिनोफानो पनि भएको छ ।

मंगलबार विहान भएको खेलमा उरुग्वेले चिलीलाई १-० ले हराउँदै समूह ‘सी’ को विजेताको रुपमा क्वाटरफाइनलमा स्थान पक्का गर्यो । यता जापान भने १-१ को बराबरीमा रोकिएपछि समूह चरणबाट बाहिरिएको छ । तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट दुई टोलीका रुपमा पेरू र पाराग्वे अगाडी बढेका छन् ।
समूह ‘ए’ बाट ब्राजिल विजेता र भेनेजुएला उपविजेता बन्द ४ अंक जोडेको पेरु तेस्रो स्थानमा रहयो । समूह ‘बी’ बाट कोलोम्बिया शत प्रतिशत जितसहित पहिलो र अर्जेन्टिना दोस्रो स्थानमा रहँदा २ अंक जोडेको पाराग्वे तेस्रो स्थानमा रहयो । समूह ‘सी’ मा उरुग्वे शीर्षस्थानमा रहँदा चिली दोस्रो स्थानमा रहयो । जापान २ अंक जोडेपनि गोल अन्तरमा पाराग्वेभन्दा पछाडी रहयो ।
क्वाटरफाइनलका खेलहरु:
क्वाटरफाइनल १ – ब्राजिल विरुद्ध पाराग्वे
क्वाटरफाइनल २ – कोलोम्बिया विरुद्ध चिली
क्वाटरफाइनल ३ – भेनेजुएला विरुद्ध अर्जेन्टिना
क्वाटरफाइनल ४ – उरुग्वे विरुद्ध पेरु
सेमिफाइनल :
ब्राजिल/पाराग्वे विरुद्ध भेनेजुएला/अर्जेन्टिना
कोलोम्बिया/चिली विरुद्ध उरुग्वे/पेरु
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]