default_image

6 years ago

June 25, 2019

समूह चरणबाटै बाहिरीए कतार र जापान

94 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०१९ मा आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएका दुई एसियाली राष्ट्र जापान र कतार समूह चरणबाटै बाहिरिएका छन् ।

समूह ‘सी’ को अन्तिम खेलमा जापान र इक्वेडरको खेल १-१ को बराबरीमा सकिएपछि जापानले क्वाटरफाइनल यात्रा तय गर्न सकेन । पहिलो खेलमा चिलीसँग ४-० को फराकिलो अन्तरले पराजित जापानले दोस्रो खेलमा उरुग्वेलाई २-२ को बराबरीमा रोकेको थियो । ३ खेलमा २ अंक जोडेको जापान तेस्रो स्थानमा रहेपनि गोलअन्तरको आधारमा समूह ‘बी’ मा २ अंक नै जोडेको पाराग्वेसँग अंक बराबर रहेपछि गोलअन्तरको आधारमा पछाडी पर्यो ।

समूह ‘बी’ मा रहेको कतारले पहिलो खेलमा पाराग्वेसँग २-२ को बराबरी खेलेको थियो । दोस्रो खेलमा कोलोम्बियासँग १-० ले पराजित कतार अन्तिम खेलमा २-० ले हारेपछि समूह चरणबाट बाहिरिएको थियो । विश्वकप २०२२ को आयोजक समेत रहेको कतारले यस प्रतियोगिताबाट धेरै सकारात्मक पक्ष भेटेको प्रशिक्षक फेलिक्स सान्चेजले बताए ।

कतार र जापानलाई दक्षिण अमेरिकामा १० राष्ट्र मात्र भएका कारण प्रतियोगितालाई उचित संरचना दिन दुई राष्ट्रलाई सहभागिता जनाउन आमन्त्रण गरिएको थियो । यसअघिका प्रतियोगितामा ६ राष्ट्रलाई निमन्त्रणा दिने प्रचलन रहेको थियो । अमेरिकामा भएको अघिल्लो संस्करणमा पनि १६ टोलीको सहभागिता रहेको थियो ।

सन् २०१८ को मेमा दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबल) ले सन् १९९३ मा लागु गरिएको १२ टोलीको संरचना पछ्याउने र दुई टोलीलाई आमन्त्रण गर्ने निर्णय गर्यो । यसैक्रममा जापान र कतारले आमन्त्रित टोलीका रुपमा प्रतिस्पर्धा गर्ने अवसर पाए । यद्दपी जापान र कतार एसियन कपको फाइनल पुगेको कारण आमन्त्रित गरिएका भने होइनन् । उक्त प्रतियोगिता हुनुअघि नै दुई टोलीको सहभागिता पक्का भएको थियो ।

यसअघि जापानले आमन्त्रित टोलीका रुपमा पाराग्वेमा भएको सन् १९९९ को संस्करणमा ओअनी खेलेको थियो । उक्त प्रतियोगितामा जापानले बोलिभियासँग १-१ को बराबरी खेल्दै १ अंक जोडेर समूहको अन्तिम स्थानमा रहेको थियो । जापानले पेरु र पाराग्वेसँग हार बेहोरेको थियो ।

यो पनि : नेपाली समयअनुसार खेल हुने मिति र समय हेर्नुहोस्

यो पनि : कोपा अमेरिका क्वाटरफाइनल : कसले कोसँग खेल्दैछ ?

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.