6 years ago
June 25, 2019
एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारले क्याटलान क्लब बार्सिलोनासँग ५ वर्षको लागि सम्झौता गर्ने भएका छन् । ब्राजिलको चर्चित संचारमाध्यम स्पोर्टका अनुसार बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र नेयमारबीच मौखिक सम्झौता भइसकेको छ ।

पीएसजीमा खुसी रहन नसकेका नेयमारले आफ्नो तलब ५० प्रतिशत कम गरेर भएपनि बार्सिलोना फर्कन चाहेका हुन् । उनी सन् २०१७ मा विश्वकै सर्वाधिक महँगा खेलाडी बन्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए । पीएसजीमा नेयमारले मैदानभित्र अपेक्षित प्रदर्शन गरेपनि मैदानबाहिर भने उनको लागि सुखद समय रहन सकेको छैन । लगातार चोटका कारण मुख्य खेल गुमाएका नेयमारको फरवार्डद्वय एडिन्सन काभानी र किलियन एमबाप्पेसँग पनि राम्रो सम्बन्ध छैन ।
ब्राजिलमा जारी कोपा अमेरिकाका लागि ब्राजिलको टोलीमा सम्मिलित भएका नेयमार चोटका कारण प्रतियोगिताबाट बाहिरिएका थिए । २७ वर्षीय नेयमार आफैंले बार्सिलोना फर्कने इच्छा व्यक्त गरेपछि अहिले दुवै क्लब उनको ट्रान्सफरको लागि वार्तामा रहेका छन् । पीएसजीले कम्तिमा पनि उनलाई खरिद गर्दाको रकम माग गरिरहेको छ ।
नेयमारले बार्सिलोनामा रहेर लुइस सुआरेज र लिओनेल मेस्सीसँग राम्रो सम्बन्ध कायम गरेका थिए । अझैपनि यी खेलाडीबीच राम्रो सम्बन्ध रहेको र नेयमारले दुवै खेलाडीलाई आफू अर्को सिजन बार्सिलोनाबाट खेल्ने बताएका छन् ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]