6 years ago
June 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मर्स्याङ्दी क्लबलाई एएफसी कप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा कुनै दबाब हुने छैन । टोलीले बुधबार भारतीय क्लब चेन्नाइयन एफसीसँग हुने खेल जितेपनि टोली एएफसी कपको अघिल्लो चरणमा पुग्ने छैन ।

सुखद अन्त्य मात्र मनाङको एकमात्र लक्ष्य रहेको छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ४ः१५ बजे शुरु हुनेछ । चेन्नाईयिनसँगको खेलअघि मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अन्तिम खेल जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
‘हामी घरेलु मैदानमा एएफसी कपको अन्तिम खेल खेल्दैछौँ । पाँचौ चरणको खेलमा ढाकाको अवहानीसँग फराकिलो हार बेहोरेपनि हाम्रो मनोबल घटेको छैन । हारबाट पाठ सिकेका छौं,’ प्रशिक्षक लोप्साङल प्रि–म्याच पत्रकार सम्मेलनमा भने, ‘हाम्रो तीनै प्रतिद्वन्द्वी निकै व्यवसायिक थिए । हामीले एएफसी कपको यात्रामा उनीहरुबाट धेरै सिकेका छौं । हाम्रो मुख्य उद्देश्य राम्रो छाप छाड्दै प्रतियोगिताको अन्त्य गर्ने हो ।’ लोप्साङले अवे मैदानमा बेहोरेको २–० को हारको बदला लिने समेत थपेका छन् । उनले सान्त्वना जित निकाल्दै प्रतियोगितामा राम्रो छाप छाड्ने लक्ष्यसहित मैदान पुनः दोहोर्याए ।

अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न चेन्नाइयिनका लागि भने मनाङमाथि जित निकाल्नु पर्ने हुन्छ । चेन्नाइयिनका प्रशिक्षक जोन चार्लेसले मनाङविरुद्ध उसकै मैदानमा उत्रँदा कुनै दबाब महसुस नगरेको बताएका छन् । उनले जितकै एक मात्र लक्ष्य र त्यसमा टोली ढुक्क रहेको बताएका छन् । समूह ‘ई’ को पुछारमा रहेको मनाङले ५ खेलमा २ अंक जोडेको छ । चेन्नाइयिन ८ अंक जोडेर दोस्रो स्थानमा स्थानमा छ । समूहबाट शीर्ष स्थानको टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]