default_image

6 years ago

June 27, 2019

चेल्सीले लाम्पार्डलाई नयाँ प्रशिक्षक घोषणा गर्दै !

128 views

0 Bookmark

लन्डन (एजेन्सी)– डर्बी काउन्टीले बाटो खुला गरेपछि चेल्सीले बुधबार क्लबका पूर्व स्टार फ्रान्क लाम्पार्ड नयाँ प्रशिक्षकका रुपमा प्रस्तुत हुने सम्भावना छ । ४१ वर्षे पूर्व खेलाडीलाई चेल्सीले नयाँ प्रशिक्षकका रुपमा तीन वर्षको सम्झौता गर्ने सम्भावना रहेको छ ।

लाम्पार्डलाई प्रशिक्षकका रुपमा क्लबमा भित्राउनका लागि चेल्सीका मालिक रोमन एब्राहिमोभिचले डर्बीलाई ४ मिलियन पाउन्ड क्षतिपूर्ति तिर्ने भएका छन् । च्याम्पियनसिपले मंगलबार विज्ञप्ती जारी गर्दै भनेको छ, ‘डर्बी काउन्टी फुटबल क्लबले चेल्सीलाई लाम्पार्डसँग कुरा गर्न स्वीकृति प्रदान गरेकोछ । रिक्त प्रशिक्षकमा लाम्पार्डलाई भित्राउन चेल्सी इच्छुक रहेको केहि दिन यतादेखि चर्चामा छ ।’

चेल्सीका अर्का पूर्व खेलाडी जोडी मोरिस र क्रिस जोन्स पछि लाम्पार्डसँग चेल्सी जाने बताइएको छ । लाम्पार्डको नेतृत्वमा डर्बीमा सिजन च्याम्पियन्सिप प्ले अफमा एस्टन भिल्लासँग पराजित भएको थियो ।

पूर्व मिडफिल्डर लाम्पार्डले चेल्सीका लागि ६ सय ४८ खेल खेल्ने क्रममा २ स११ गोल गरे । त्यस्तै उनले चेल्सीका लागि तीन पटक प्रिमियर लिगको उपाधि जितेका थिए । त्यस्तै चार वटा एफए कप, दुई पटक लिग कप, समान एक एक पटक च्याम्पियन्स लिग र युरोपा लिग जितेको थियो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.