default_image

6 years ago

June 26, 2019

सिल्भाले अर्काे सिजन अन्त्यसँगै सिटी छाड्ने

148 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भाले अर्काे सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् ।

स्पेनका ३३ वर्षीय सिल्भाले अर्काे सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका हुन् । युरोपियन क्लब फुटबलको नयाँ सिजन आउदो अगस्टबाट शुरु हुदैछ ।

सिल्भाले क्लबसँग अर्काे वर्षको अन्त्यसम्म सम्झौता रहेको र अन्त्यसँगै क्लब छाड्ने बताएका हुन् ।
सन् २०१० मा २६ मिलियन पाउन्डमा स्पेनिस क्लब भ्यालेन्सियाबाट सिटी आएका सिल्भाले सिटीमा ९ सिजन बिताएका छन् । उनले सिटीमा ९ वर्षको बसाईमा ४ इंग्लिस प्रिमियर लिग, ४ लिग कप र दुई एफए कप जितेका छन् ।

उनले सिटीसँगको सम्झौता सकिएसँगै चीन जान सक्ने या परिवारलाई समय दिने आफ्ना प्रेमिका हातमा रहेको बताएका छन् ।

‘यो अन्तिम हो । मैले यहाँ एक सर्कल पुरा गरेको छु । १० वर्ष सिटीको बसाई फलदायी हुनेछ । अबको समय नै क्लब छाड्ने उपयुक्त समय हो ।’ सिल्भाले भने, ‘मैले सिटीबाट १० नम्वर जर्सीमा ९ सिजन बतिाए । यो मेरो लागि पर्याप्त छ ।’

सिल्भाले सिटीका लागि ९ सिजनमा ३९६ खेलमा ७१ गोल र १२९ असिस्ट गरेका छन् ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.