default_image

6 years ago

June 26, 2019

जापान विश्वकपबाट बाहिरियो

133 views

0 Bookmark

एजेन्सी – एसियन राष्ट्र जापान महिला विश्वकप फुटबलबाट बाहिरिएको छ । मंगलबार राति नेदरल्याण्ड्ससँग २–१ ले पराजित हुदै जापान विश्वकपको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको हो ।

नेदरल्यान्ड्सको जितमा दुवै गोल लिटके मार्टेन्सले गोल गरिन् । जापानकी युई हासेगावाले एकमात्र गोल गरिन् ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै डच टोली अन्तिम ८ मा पुग्न सफल भएको हो । १७औं मिनेटमा लिटके मार्टेन्सको गोलबाट नेदरल्यान्डले खेलमा अग्रता लिएको थियो । ४३औं मिनेटमा हासेगावाले बराबरी गोल फर्काउदा खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

अतिरिक्त समयतिर धकेलिएको खेलको अन्तिम मिनेटमा मार्टेन्सले पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीलाई अन्तिम आठको यात्रामा अघि डो¥याए ।

८८औं मिनेटमा साकी कुमागाईले भियानी मिडेमाको प्रहारलाई रोक्न खोज्दा ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा नेदरल्यान्ड्सलाई पेनाल्टीको मौका दिएको थियो । जसमा मार्टेन्स चुकिनन् ।

नेदरल्याण्ड्सले अब सेमिफाइनल प्रवेशका लागि ईटालीसग प्रतिस्पर्धा गर्नेछ । इटालीले मंगलबार राति नै चीनलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.