6 years ago
June 26, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत उपाधिका दुई प्रमुख दावेदार टोली ब्राजिल र अर्जेन्टिनाको फाइनल अगावै भेट हुने भएको छ ।

मंगलबार सम्पन्न समूह चरणका खेलपछि निस्केको समीकरण अनुसार दुवै टोली सेमिफाइनलमा अनि एक आपसमा भिड्ने भएका हुन् । ब्राजिलले क्वाटरफाइनलमा पाराग्वेसँग खेल्दैछ भने अर्जेन्टिनाले भेनेजुएलाको सामना गर्दैछ । दुवै टोलीले जित दर्ता गरेमा फाइनल प्रवेशका निम्ति आमनेसामने हुनेछन् ।
समूह ‘ए’ बाट ब्राजिल विजेता र भेनेजुएला उपविजेता बन्दै ४ अंक जोडेको पेरु तेस्रो स्थानमा रहयो । समूह ‘बी’ बाट कोलोम्बिया शत प्रतिशत जितसहित पहिलो र अर्जेन्टिना दोस्रो स्थानमा रहँदा २ अंक जोडेको पाराग्वे तेस्रो स्थानमा रहयो । समूह ‘सी’ मा उरुग्वे शीर्षस्थानमा रहँदा चिली दोस्रो स्थानमा रहयो । जापान २ अंक जोडेपनि गोल अन्तरमा पाराग्वेभन्दा पछाडी रहयो ।
क्वाटरफाइनलका खेलहरु:
क्वाटरफाइनल १ – ब्राजिल विरुद्ध पाराग्वे
क्वाटरफाइनल २ – कोलोम्बिया विरुद्ध चिली
क्वाटरफाइनल ३ – भेनेजुएला विरुद्ध अर्जेन्टिना
क्वाटरफाइनल ४ – उरुग्वे विरुद्ध पेरु
सेमिफाइनल :
ब्राजिल/पाराग्वे विरुद्ध भेनेजुएला/अर्जेन्टिना
कोलोम्बिया/चिली विरुद्ध उरुग्वे/पेरु
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]