default_image

6 years ago

June 26, 2019

चेन्नईयनसँग मनाङ पराजित

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लब चेन्नईयन फुटबल क्लबसँग ३-२ ले पराजित भएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा दुवै टोलीले आक्रमक खेल खेलेका थिए । चेन्नईयनले मोहमद रफीले ५३ अौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एली साबियाले ६६ अौं मिनेटमा गोल गर्दै चेन्नईयनको अग्रता दोब्बर पारे ‌।

आफिज अोलाडिपोले ८ मिनेटको अन्तरमा दुई गोल गर्दै खेल बराबरीमा ल्याए । उनले ७१ र ७९ अौं मिनेटमा गोल गरेका थिए । तर ८८ अौं मिनेटमा रफीले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे ।

 समूह ‘ई’ को पुछारमा रहेको मनाङले ६ खेलमा २ अंक जोडेको छ । चेन्नाइयिनको ११अंक पुगेको छ । समूहबाट शीर्ष स्थानको टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.