default_image

6 years ago

June 26, 2019

मनाङ रहेको समूहबाट अबहानी छनोट

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ– मस्र्याङ्दी क्लब रहेको समूह ‘इ’ बाट बंगलादेशको ढाका अवहानी लिमिटेडले एएफसी कपको दोस्रो चरणका स्थान बनाउन सफल भएको छ ।

दोस्रो चरणमा छनोट हुन जित निकाल्नै पर्ने खेलमा अबहानीले मिर्नेभा पन्जावमाथि १–० को नाटकीय जित निकाल्दै एएफसी कपको इन्टर जोनको सेमिफाइनलमा पुग्न सफल भएको हो ।

गुहावटीमा बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मासिह सैघानीले गोल गर्दै महत्वपुर्ण जित दिलाउदै सेमिफाइनलमा पु¥याए । अबहानीले अबे मैदानमा १–० को जित निकालेको हो ।

एएफसी कप अन्तर्गत समूह चरणको सातदोबाटोमा बुधबार भएको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लब चेन्नईयन फुटबल क्लबसँग ३-२ ले पराजित भएको छ ।

जितसँगै अबहानीले समूह ‘इ’ मा ६ खेलबाट १३ अंक जोड्यो । दोस्रो स्थानमा रहेको चेनाईयिनले समान ६ खेलबाट ११ अंक जोड्यो । तेस्रो स्थानमा रहेको मिर्नेभा पन्जावले ५ तथा मनाङले २ अंक मात्र जोड्न सक्यो ।

एएफसी कपमा मनाङको प्रदर्शन
-मनाङविरुद्ध ढाका अबहानी (०–१) अप्रिल ३, २०१९
– चेन्नाइयिनविरुद्ध मनाङ (२–०) अप्रिल १७, २०१९
– मिर्नेभा पन्जावविरुद्ध मनाङ (२–२) मे १, २०१९
– मनाङविरुद्ध मिर्नेभा पन्जाव (१–१) मे १५, २०१९
– ढाका अबहानी विरुद्ध मनाङ (५–०) जुन १९, २०१९
– मनाङविरुद्ध चेन्नाइयिन (२–३) जुन २६, २०१९

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.