6 years ago
June 26, 2019
दिपक न्यौपाने
बुटवल –यति बेला झरीको मौसम । झमझम पानीमा किसानहरु खेतमा कोहि जोत्दै त कोहि खन्दै गर्ने बेला । मानो रोपेर मुरी फलाउने बेला भन्दै किसानहरु खेतका आली आलीमा भेटिने बेला ।

तर रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा फुटबल एकेडेमीका सदस्यहरु भने असारको कुनै प्रबाह नगरी फुटबलमा जुटेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिता २०७६ आयोजना गर्ने भन्दै धुमधाम तयारी गरिरहेका छन्।
तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा फुटबल प्रतियोगिता गर्ने बुधबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
असार १३ गतेबाट हुने प्रतियोगिताको तैयारी पुरा भएको एकेडेमीका अध्यक्ष तिलक नेपालीले हाम्रो खेलकुद डटकमलाइ बताए । युवा खेलाडी उत्पादनको आधार प्रतियोगिता भएको भन्दै स्थानिय सरकारको सहकार्यमा कार्यक्रम गर्न लागेको नेपालीले बताए ।
तिलोत्तमा –१ स्थित चप्परहटी खेलमैदानमा हुने प्रतियोगितामा जिल्लाका १६ टिमले सहभागिता रहने कार्यक्रमका संयोजक घनश्याम श्रेष्ठले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ तथा उपविजेताले ५५ हजार ५ सय ५५ साथै मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
यसैगरि विद्यागत रुपमा उत्कृष्ट एकएक जना डिफेन्डर, स्टाईकर, गोलकिपर, कोचलाई समेत नगद तथा कपबाट पुरस्कृत गरिने उनले बताए । असार १३ देखि २८ गतेसम्म चल्ने प्रतियोगितामा १२ लाख ७३ हजार ६ सय ६६ रुपैया खर्च हुने महासचिव युवराज पराजुलीले बताए । तिलोत्तमा नगरपालिका वडा नं. ३ का वडासदस्य तेज बहादुर गुरुङले प्रतियोगिताको टाईसिट सार्वजनिक गरेका थिए ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]