6 years ago
June 27, 2019
एजेन्सी – आयोजक इजिप्ट अफ्रिका कप अप नेसन्सको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । इजिप्टले डीपिआर कंगोलाई २–० ले पराजित गर्दै समूहमा एक खेल बाँकी छदै अन्तिम १६ को यात्रा तय गर्न सफल भएको हो ।

दुई खेलबाट इजिप्टको समूह ‘ए’ मा ६ अंक रहेको छ । युगान्डाको ४ तथा जिम्वावेको १ अंक तथा कंगो अंकविहीन छ । अब इजिप्टले युगान्डासँग खेल्न बाँकी छ । यो खेलमा सफलता हात पारे इजिप्ट समूह विजेताको रुपमा अघि बढ्ने छ ।
कायरो इन्टरनेसनल स्टेडियममा घरेलु टोलीलाई जिताउन अहमेद इएल मेहमाडी र मोहम्मद सलाहले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
खेलको २५औं मिनेटमा अहमेद इउलको गोलमा घरेलु टोलीले अग्रता बनाएको थियो । ४३औं मिनेटमा सलाहले गोल गरेसँगै इजिप्ट पहिलो हाफमा २–० ले अघि बढेको थियो ।
दोस्रो हाफमा घरेलु टोलीलाई दवावमा राखेपनि आयोजकले पहिलो हाफमा लिएको अग्रता जोगाइराख्न सफल भयो । खेलको इन्ज्युरी समयटिर कंगोले इजिप्टका पोस्टमा लगातार पाँच आक्रमण बुनेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।
यही समूहको अर्काे खेलमा युगान्डा र जिम्वालेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । समूह ‘बी’ को खेलमा नाइजेरियाले गिनियालाई १–० ले हरायो । नाइजेरियाको जितमा केनेथ ओमेरोउले एक गाल गरे ।
जितसँगै नाइजेरियाले पनि प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ । नाइजेरियाको २ खेलबाट ६ अंक पुगेको छ । माडागास्कार र गिनियाको समान १ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहँदा बुरुन्डी अकंविहीन हुदै पुछारमा छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]