6 years ago
June 27, 2019
एजेन्सी – नेदरल्यान्ड्स तथा आयाक्सका स्टार डिफेन्डर माथिस डी लिग्ट इटालियन महारथी युभेन्टस आउन सहमत भएका छन् ।

इटालियन सञ्चार माध्यमका अनुसार डी लिग्ट ६२ मिलियन पाउन्डमा ५ वर्षका लागि युभेन्टस आउन सहमत भएको उल्लेख गरेको छ । जसअनुसार डी लिग्टको रिलिज क्लब १५० मिलियन पाउन्ड रहेको छ । उनको वार्षिक ७.२ मिलियन पाउन्ड प्लस एड वन्स वृद्धि हुने उल्लेख गरिएको छ ।
१९ वर्षीय डी लिग्टलाई अनुबन्ध गर्न इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस महारथी बार्सिलोना र फ्रेन्च लिग वान क्लब पीएसजी कसरतमा छ ।
क्रिस्टियानो रोनाल्डोले आफुलाई युभेन्ट्समा आउन आग्रह गरेको नेदरल्यान्ड्सका डिफेन्डर माथिस डी लिग्टले खुलाएका थिए । ‘सुरुमा त मैले केहि बुझिन । म केहि आश्चार्यमा पनि परे, त्यसैले हासे पनि । तर मैले केहि भनिन’ रक्षक लिग्टले भने, ‘खेल सकिने वित्तिकै त्यस्तो विषय सोचिएको हुन्न । हामी खेल हारेर निराश थियौं र त्यहि बेला सरुवाका विषयमा सोच्ने कुरा पनि भएन ।’

आयक्सलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुयाउन लिग्टले उच्च प्रदर्शन गरेका थि ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]