default_image

6 years ago

June 27, 2019

विराटनगरलाई उपमेयर कप उपाधि

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर महानगरपलिका मोरङले राजधानीमा जारी प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

हल्चोकस्थित एपीएफको फुटबल मैदानमा बिहीबार भएको फाइनलमा बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोकलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै विराटनगर उपाधि जित्न सफल भएको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो । बाह्रबिसेका लागि सम्झना लावतीले गोल गरिन् । विराटनगरकी जमुना मगरले गोल गरिन् ।

प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा सम्झना लावतीले गोल गर्दै बाह्रबिसेलाई अग्रता दिलाएकी थिइन् । उनले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत हुदा विराटनगरकी कल्पना कार्कीले रोक्ने कुनै खवसर नै पाइनन् । लगत्तै २९औं मिनेटमा जमुना मगरको क्रसमा सावित्रा मगरले बराबरी गोल फर्काउनबाट चुकिन् । ३८औं मिनेटमा रेखा पौडेलले बक्सभित्रबाट प्रहार गर्न ढिला गर्दा डिफेन्सले क्लियर गरिदिए ।

पहिलो हाफमा १–० ले पछि परेको विराटनगरले दोस्रो हाफको शुरुमै बराबरी गोल फर्काउन सफल भयो । ४६औं मिनेटमा विराटनगरकी जमुना मगरले बराबरी गोल फर्काइन् । ३९औं मिनेटमा विराटनगरले अग्रता लिने सुन्दर मौका खेर फाल्यो । इमा राईको प्रहार बारमा लागेर फर्किएको थियो । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टीसुटआउटमा धकेलिएको थियो ।

टाइब्रेकरमा बाह्रबिसेका सुष्मा तामाङ र अनु राईले लगातार दोस्रो र तेस्रो प्रहार चुकाउँदा विराटनगर विजयी रहयो । विराटनगर रेखा पौडेल, इमा राई, विधा राना र कप्तान मनमाया लिम्बुले गोल गरे ।

विराटनगरले उपाधिसहित ५ लाख रुपैया हात पार्यो । दोस्रो भएको बाह्रबिसेले ३ लाख रुपैयाँमा चित्त बुझायो ।

जेठ ३१ गतेबाट शुरु भएको प्रतियोगितामा देशभरका १८ महानगर तथा नगरपालिकाले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो । हरेक समूहका शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.