6 years ago
June 28, 2019
एजेन्सी – इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नर्वेमाथि ३–० को सहज जित निकाल्दै इंग्ल्यान्डले अन्तिम चारको यात्रा तय गरेको हो ।

फ्रान्सस्थित लि हाभ्रे स्टेडियममा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डका सहज जित मा जिल स्कट, एलेन ह्वाइट र लुसी ब्रन्जले गोल गरिन् । प्रतिस्पर्धात्मक खेलमा इंग्ल्यान्डले पाएको मौकालाई सदुपयोग गर्दै ३ गोल निकाल्न सक्दा नर्वेले इंग्ल्यान्डको बलियो डिफेन्स लाईनलाई तोड्न नसक्दा पराजित हुन पुग्यो ।

खेलको तेस्रो मिनेटमा नै जिल स्कटको गोलाट इंग्ल्यान्ड खेलमा अघि बढेको थियो । उनले लुसी ब्रन्जको पासमा गोल गर्न सफल भएकी थिइन् । ४०औं मिनेटमा निकिता पेरिसको पासमा एलेन ह्वाइटले गोल गरेपछि इंग्ल्यान्ड पहिलो हाफमा २–० ले अघि बढेको थियो । पहिलो हाफमा नर्वेले पाएको केही मौकालाई सदुपयोग गर्न सकेनन् ।

५७औं मिनेटमा लुसी ब्रन्जले बेथानी मिडको पासमा गोल गर्दै इंग्ल्यान्डको ३–० को जित पक्का गरिन् । ८३औं मिनेटमा निकिता पेरिस पेनाल्टीमा चुकिन् ।
अब इंग्ल्यान्डले सेमिफाइनलमा फ्रान्स अथवा अमेरिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]