default_image

6 years ago

June 28, 2019

सेनेगललाई हराउँदै अल्जेरिया प्रि–क्वाटरफाइनलमा

148 views

0 Bookmark

एजेन्सी – रियाद महारेज सम्मिलित अल्जेरियाले सेनेगलमाथि १–० को कठिन जित निकाल्दै अफ्रिका कप नेसन्समा एक खेल अगावै प्रि–क्वाटर फाइनलमा स्थान पक्का गरेको छ ।

अपराजित रहेको अल्जेरियाको समूह ‘सी’ मा दुई खेलबाट ६ अंक पुगेको छ । समान खेलबाटै सेनेगल र केन्याको ३ अंक रहेको छ । अंकविहीन तान्जिनिया प्रतियोगिताबाट बाहिरिएको छ ।

इजिप्ट डाकारस्थित लियोपोल्ड सेडार स्टेडियममा बिहीबार राति भएको अल्जेरियाका लागि एकमात्र निर्णायक गोल मोहमेद युसुफ बेलाइलीले गरेका थिए । युसुफले ४९औं मिनेटमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा अल्जेरिया १–० ले विजयी हुन सफल भयो ।

यही समूहको अर्को खेलमा खेलमा दुईपटक पछि परेको स्थिति उल्ट्याएर केन्याले अफ्रिका कप अफ नेसन्समा पहिलो जित हात पारेको छ । प्रतिस्पर्धात्मक खेलमा केन्याले तान्जिनियालाई ३–२ ले पराजित गर्दै नेसन्समा पहिलो जित निकालेको हो ।

जितसँगै केन्याले अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवितै राखेको छ । समुह ‘सी’ मा केन्याको २ खेलबाट ३ अंक रहेको छ । समान खेलबाटै सेनेगलको पनि ३ अंक रहँदा अपराजित अल्जेरिया ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अंकविहीन तान्जिनिया प्रतियोगिताबाट बाहिरिएको छ ।

केन्याका मिचेल ओलुङ्गाले २ तथा जोहान्ना ओमोलोले एक गोल गरे । तान्जिनियाका सिमोन एमसुवा र एमबीवाना समताले गोल गरे । तान्जिनियाका सिमोन एमसुवाले गोल गरेपछि केन्या खेलको छैटौ मिनेटमा नै पछि परेको थियो । ३९औं मिनेटमा मिचेल ओलुङ्गाले बराबरी गोल फर्काए । लगत्तै एक मिनेटपछि नै एमबीवाना समताले गोल गरेपछि केन्या पहिलो हाफमा २–१ ले पछि परेको थियो ।

६२औं मिनेटमा जोहान्ना ओमोलेले गोल गर्दै खेललाई पुनः२–२ गोलको बराबरीमा ल्याए । ८०औं मिनेटमा मिचेल ओलुङ्गाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै टिमलाई ३–२ को रोमाञ्चक र कठिन जित निकाल्न सफल भयो ।

समूह ‘बी’ मा माडागास्करले बुरुन्डीलाई १–० ले हरायो । माडागास्करको जितमा मार्काेले खेलको ७६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै माडागास्करले प्रि–क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

बुरुन्डी प्रतियोगिताबाट बाहिरिएको छ । माडागास्करको दुई खेलबाट ४ अंक रहेको छ । यो समूहबमाट नाइजेरियाले नकआउट चरणमा स्थान बनाइसकेको छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.