एजेन्सी – इटालियन क्लब एसी मिलान अर्को सिजन युरोपेली फुटबलमा प्रतिस्पर्धा गर्नबाट प्रतिबन्धमा परेको छ । मिलान पछिल्लो सिजन इटालियन सिरी ए मा पाँचौ स्थानमा रहँदै युरोपा लिगको लागि छनोट भएको थियो ।

यूईएफएको फाइनान्सियल फेयर प्लेको नियमविपरित गएकोले मिलानलाई कारवाही गरिएको हो । तोकिएको रकमान्तरभन्दा बढी खर्च गरेपछि मिलान कारवाहीमा परेको हो । मिलान प्रतिबन्धमा परेसँगै इटालियन लिगको छैटौं स्थानमा रहेको एएस रोमाले सिधै युरोपा लिगको समूह चरणमा स्थान बनाएको छ ।
यसअघि रोमाले युरोपा लिगको छनोट खेल्ने कार्यक्रम तय थियो । रोमा सिधै समूह चरणमा पुगेपछि लिगको सातौं स्थानमा रहेको टोरीनोले रोमाको स्थानमा रहेर छनोट चरण खेल्नेछ । मिलानले सन् २०१५ देखि २०१७ को बिचमा लगातार क्लब घाटामा जाँदा पनि तोकिएको सिमाभन्दा बढी खर्च गरेको थियो ।