default_image

6 years ago

June 28, 2019

‘मेस्सी भएको टोलीलाई केहि असम्भव हुँदैन’

118 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत क्वाटरफाइनलमा उपाधि दाबेदार अर्जेन्टिनाले भेनेजुएलाको सामना गर्दैछ । समूह चरणमा खराब प्रदर्शन गरेको अर्जेन्टिना नकआउट चरणमा त्यसलाई सुधार्दै अन्तिम ४ मा पुग्ने लक्ष्यमा हुनेछ ।

यसैबीच ब्राजिलका दिग्गज फरवार्ड रिभाल्डोले मेस्सी सम्मिलित अर्जेन्टिनालाई कमजोर आँक्न नमिल्ने बताएका छन् । बार्सिलोनाको कप्तान समेत रहेर गत सिजन ५१ गोल गरेका मेस्सीले युरोपेली गोल्डेन बुट, पिचिचि अवार्ड र च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता समेत बने । उनको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले ला लिगा उपाधि पनि रक्षा गरेको थियो ।

क्लबका लागि प्रभावशाली प्रदर्शन गरेका मेस्सीले अर्जेन्टिनाका लागि भने कोपा अमेरिकामा सोहि अनुसार प्रभाव जमाउन सकेनन् । विश्वकपपछि राष्ट्रिय टोलीबाट लामो विश्राम लिएका मेस्सीले कोपा अमेरिकामा अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् । समूह चरणका तीन खेलमा १ जित, १ बराबर र १ हार बेहोरेको अर्जेन्टिनाले क्वार्टरफाइनल चरण पार गरे ब्राजिलसँग सेमिफाइनल खेल्नेछ ।

रिभाल्डो सन् २००२ को विश्वकप उपाधिसहित

ब्राजिलका लागि आक्रमण सम्हाल्दै पृथक पहिचान बनाएका फरवार्ड रिभाल्डोले मेस्सीसहितको अर्जेन्टिनाले जे पनि गर्न सक्षम रहेको अभिव्यक्ति दिए । ‘ मेस्सी भएको टोली सहज हुने छैन । ब्राजिललाई फाइनल यात्रा त्यति सहज हुने देख्दिन । ठूला खेलमा मेस्सीले निर्णायक प्रदर्शन गर्ने क्षमता राख्छन्’, उनले थपे ‘ अर्जेन्टिनालाई अहिले मेस्सीको निकै आवश्यकता छ । र मेस्सीले यस्तो अवस्थामा प्रदर्शन गर्न जानेका छन् ।’

रिभाल्डोले मेस्सीअर्जेन्टिनाबाट खेल्दा अभागी रहेको पनि बताए । ‘मेस्सी अर्जेन्टिनाका लागि ठूला खेल खेल्दा अभागी रहँदै एक छन् । सन् २०१४ को विश्वकप फाइनल होस् या चिलीविरुद्ध दुई पटक कोपा अमेरिका फाइनल, ब्राजिलले सन् २००२ को विश्वकप फाइनलमा पाएजस्तो भाग्य मेस्सीले पाएनन्,’ उनले भने । रिभाल्डोका अनुसार क्लबभन्दा राष्ट्रिय टोलीमा खेलाडी नियमित खेल्न नपाइने र सहकर्मी खेलाडी परिवर्तन हुनाले पनि कठिन हुने गर्दछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.