default_image

6 years ago

June 28, 2019

क्विक्स कप सुरु, झन्डै १५ सय विद्यालय प्रतिस्पर्धा गर्दै

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो २ वर्षयता रोकिएको राष्ट्रिय स्तरको अन्तर विद्यालय फुटबल प्रतियोगिता यसवर्ष सुचारु भएको छ । चौधरी ग्रुपको उत्पादन क्विक्सको मुख्य प्रायोजन तथा युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभरका ५२ जिल्लामा प्रतियोगिता सुरु गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार औपचारिक उद्घाटनसँगै प्रतियोगिता सुरु भएको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार यसपटक झन्डै १५ सय विद्यालयले प्रतियोगितामा ऐतिहासिक सहभागिता जनाउँदै छन् । देशभरका ५२ जिल्लामा सुरु भइसकेको यस प्रतियोगिता अझै थप केहि जिल्लामा पनि सुरु गर्न गृहकार्य भइरहेको छ ।

प्रतियोगितामा जिल्ला स्तर, प्रदेश स्तर र राष्ट्रिय स्तर गर्दै तीन चरणमा प्रतियोगिता हुनेछ । युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले एन्फाले ग्रासरुट देखिनै फुटबल विकास गर्ने लक्ष्यसाथ चलेको यस कदमलाई सरकारले उच्च मुल्यांकन गरेको बताए । मुख्य प्रायोजक चौधरी ग्रुपका सहायक महाप्रबन्धक लालबाबु प्रसादले नेपाली खेलकुदको विकासमा चौधरी ग्रुपले सधैं साथ दिएको भन्दै आउने दिनमा नेपाली फुटबलमा यो प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको उद्घाटन सत्रमा २९ विद्यालयले मार्चपासमा सहभागिता जनाएका थिए । उद्घाटन खेलमा भने लिटल एन्जल्स (एलए) स्कुलले मुनाल थापाको ह्याट्रिकमा श्री कृष्ण माध्यमिक विद्यालयलाई ४-१ ले पराजित गर्यो । पहिलो हाफको इन्ज्युरी समयमा मुनालले एलएलाई अग्रता दिलाए । मुनालले नै ४५ औं मिनेटमा एलएको अग्रता दोब्बर पारे । ४८ औं मिनेटमा विषम पुनले गोल गर्दै एलएलाई ३-० ले अगाडी बढाए । श्री कृष्णका कप्तान निरन लामाले ५३ औं मिनेटमा गोलअन्तर कम गरे । तर मुनालले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै जित पक्का गरे ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.