6 years ago
June 29, 2019
एजेन्सी– वायने रुनीले आफुलाई इंग्ल्यान्ड र एमएलएस क्लबबाट प्रशिक्षणका लागि प्रस्ताव आएको खुलासा गरेका छन् । यद्दपी उनी अहिले पनि डिसी युनाइटेडका लागि व्यवासायिक फुटबल खेलिरहेका छन् ।

प्रिमियर लिगबाट रुनी अमेरिका पुगेको मंगलबार एक वर्ष पुरा भएको छ । वासिङ्टनको क्लबबाट खेल्दै उनले ४० खेलमा २३ गोल गरेका थिए । इंग्ल्यान्डका पूर्व कप्तान रुनी अक्टुबरमा ३४ वर्ष पुरा हुनेछन् । खेल्दाकै अवस्थामा उनलाई प्रशिक्षणको प्रस्ताव आएको छ ।
प्रशिक्षणमा जाने इच्छा छ भन्ने प्रश्नमा रुनीको जवाफ थियो, ‘पक्कै पनि जाने हो । जब मेरो खेलाडी जीवन सकिनेछ त्यसपछि जाने अर्को भनेको प्रशिक्षण मै हो । हेरौै त्यसपछि अवसर कसरी आउनेछ । केहि प्रस्ताव पनि आएका छन् । तर अहिलेको अवस्थामा म खेल्दैछु । म खेल्दैमा रमाइरहेको छ । खेल जीवनपछि प्रस्तावका बारेमा सोचेको छु । ‘
उनले प्रशिक्षणमा जाने अवसर विकल्प आफ्ना लागि रहने रुनीले विश्वास राखेका छन् । ‘म जति बेला बुट थन्क्याउनेछु त्यसपछि क्लबको लक्ष्य अनुसारको निर्णय लिइनेछ, ‘उनले भने ,’त्यसपछि क्लब र मेरो संयुक्त लक्ष्य बन्नेछ । ‘
इंग्ल्यान्डका पूर्व सहकर्मी मध्ये केहिले प्रशिक्षणमा आफुलाई संलग्न गरेका कारण पनि रुनी उत्साहित छन् । फ्रांन्क लाम्पार्डले आफ्नो पुरा क्लब चेल्सी सम्हाल्ने अवसर पाउने सम्भावना बढेको छ । स्कट पार्करले फुलह्यामलाई आउने सिजनमा च्याम्पियनसिपमा टोलीको नेतृत्व गर्नेछन् । जोन टेरीले सहायक प्रशिक्षक रुपमा जिम्मेवारी निर्वाह गरेको अवस्थामा एस्टन भिल्ला प्रिमियर लिगमा बढुवा भएको छ । लिभरपुलका पूर्व कप्तान स्टेभन जेरार्डले रेन्जर्सलाई प्रशिक्षण दिइरहेका छन् ।
‘ लाम्पार्ड वा अरु पनि इग्लिस खेलाडी जसले खेल जीवन सकाएका छन् उनीहरुका लागि प्रशिक्षण राम्रो विकल्प हो,’ रुनीले भने,’ चेल्सी जस्तो टोलीलाई हेर्ने मौका मिल्दा लाम्पार्डका लागि राम्रो मौका हो । ‘
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]