6 years ago
June 29, 2019
एजेन्सी – आयोजक तथा घरेलु टोली फ्रान्सलाई स्तब्ध पार्दै अमेरिका महिला विश्वकपको सेमिफाइलमा प्रवेश गर्न सफल भएको छ ।

पार्क डि प्रिन्स स्टेडियममा शुक्रबार राति भएको खेलमा अमेरिकाले घरेलु टोली फ्रान्सलाई २–१ ले स्तब्ध पार्दै अन्तिम चारको यात्रा तय गरेको हो । अब अमेरिकाले फाइनल प्रवेशका लागि जुलाई २ को राति इंग्ल्यान्डसँग खेल्नेछ ।

अमेरिकाको जितमा मेगन रापिनोइले दुवै गोल गरिन् । फ्रान्सकी वेन्डी रिनार्डले एक गोल फर्काइन् । खेलको पाँचौ मिनेटमा नै मेगनको गोलबाट अमेरिका १–० ले अघि बढेको थियो ।
पहिलो हाफमा १–० को अग्रता लिएको अमेरिकाले ६५औं मिनेटमा मगेनको गोलबाट अग्रता दोब्बर बनायो । ८१औं मिनेटमा वेन्डी रिनार्डले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएपनि थप गोल निस्कन नसक्दा फ्रान्स २–१ ले स्तब्ध बन्न पुग्यो । खेलभर नै फ्रान्सले अमेरिकालाई दवावमा राखेको थियो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]