6 years ago
June 29, 2019
एजेन्सी – दक्षिण अफ्रिकाले अफ्रिका कप अप नेसन्समा नामिवियामाथि कठिन जित निकालेको छ । अफ्रिकाले नामिवियालाई १–० ले पराजित गरेको हो ।

समूह ‘डी’ मा पहिलो जितसँगै अफ्रिकाले प्रि–क्वाटरफाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको छ । यो समूहमा मोरोक्कोको ६ अंक रहँदा आइभोरी कोस्ट र अफ्रिकाले समान ३ अंक जोडेका छन् । नामिविया अंकविहीन हुदै पुछारमा छ ।
इजिप्टस्थित अल सलाम स्टेडियममा प्रतिस्पर्धात्मक खेलमा अफ्रिकाका लागि बोनगानी जुङगुले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो । उनले खेलको ६८औं मिनेटमा पर्सि टाउको पासमा गोल गरेका थिए ।
अब अफ्रिकाले समूहको शीर्षस्थानमा रहेको मोरोक्कोलाई पराजित गर्न सके तथा नामिविया र आइभोरी कोस्टले बराबरीको नतिजा निकाले अन्तिम १६ को यात्रा तय गर्नेछ । १ जुलाई राति हुनेछ ।

यही समूहको अर्काे खेलमा मोरोक्कोले आइभोरी कोस्टलाई १–० ले हरायो । खेलको २३औं मिनेटमा युसेफ इन नेस्रीले गरेको गोल नै मोरोक्कोको जितमा निर्णायक बन्यो ।
समूह ‘ई’ को खेलमा ट्युनिसिया र मालीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । बराबरीसँगै माली ४ अंक जोडेर शीर्षस्थानमा रहँदा २ अंकसहित ट्युनिसिया दोस्रो स्थानमा छ । अंगोलाको १ तथा मौराीतानियाले अंक जोड्न सकेको छैन ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]