default_image

5 years ago

June 29, 2019

चेल्सीले रियल म्याड्रिडका मिडफिल्डर भित्र्याउने

एजेन्सी – इंग्लिस क्लब चेल्सीले ट्रान्सफर प्रतिबन्धका बाबजुद रियल म्याड्रिडबाट क्रोएसियाली मिडफिल्डर माटियो कोभाचिचलाई भित्र्याउने भएको छ । अघिल्लो सिजन रियलबाट लोनमा चेल्सी आएका कोभाचिचले क्लबका लागि अघिल्लो सिजन ३२ लिग खेल खेलेका थिए । उनी गत सिजन क्लबमा दर्ता भएका कारण चेल्सीले ट्रान्सफर प्रतिबन्धका बाबजुद उनलाई टोलीमा सामेल गर्न पाउने प्रावधान छ । यसका […]

25 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीले ट्रान्सफर प्रतिबन्धका बाबजुद रियल म्याड्रिडबाट क्रोएसियाली मिडफिल्डर माटियो कोभाचिचलाई भित्र्याउने भएको छ ।

अघिल्लो सिजन रियलबाट लोनमा चेल्सी आएका कोभाचिचले क्लबका लागि अघिल्लो सिजन ३२ लिग खेल खेलेका थिए । उनी गत सिजन क्लबमा दर्ता भएका कारण चेल्सीले ट्रान्सफर प्रतिबन्धका बाबजुद उनलाई टोलीमा सामेल गर्न पाउने प्रावधान छ । यसका लागि चेल्सी र रियल म्याड्रिडले जुन ३० अगावै अनुबन्धन प्रक्रिया पूरा गर्नुपर्नेछ । चेल्सीले रियललाई ४० मिलियन पाउण्ड तिर्ने तयारी गरेको छ ।

क्लबले यसै सिजन माउरिजियो सार्रीसंग पनि साथ छोडेको छ । सार्री एक सिजन क्लबको प्रशिक्षकका रुपमा रहँदै युरोपा लिग जितेपछि इटाली फर्किएका छन् । उनी युभेन्ट्सको प्रशिक्षकको रुपमा नियुक्त भएका छन् । चेल्सीले पूर्व खेलाडी फ्रान्क लाम्पार्डलाई प्रशिक्षकको जिम्मेवारी दिने तयारी गरिरहेको बुझिएको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.