default_image

6 years ago

June 29, 2019

‘अर्जेन्टिनाको लागि मेस्सी महत्त्वपूर्ण’ – प्रशिक्षक स्कालोनी

117 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले कप्तान लिओनेल मेस्सीले अर्जेन्टिनाका लागि पछिल्लो समय मैदानमा अपेक्षित प्रदर्शन गर्न नसकेपनि टोलीको लागि निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

मेस्सीले कोपा अमेरिकाको ४ खेल खेल्दै पाराग्वेविरुद्ध पेनाल्टीमा गोल गर्नुबाहेक अन्य खेलमा गोल गर्न सकेका छैनन् । यसका बाबजुद अर्जेन्टिना समूह उपविजेता हुँदै क्वाटरफाइनलमा जित दर्ता गरेर अन्तिम ४ मा प्रवेश गरेको छ । कप्तान मेस्सीको चौतर्फी आलोचना भइरहँदा प्रशिक्षक स्कालोनीले भने मेस्सीले टोलीमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् ।

‘ मलाई लाग्छ, मसंगै अन्य थुप्रैले पनि मेस्सीको महत्त्व बुझेका छन् । उनको मैदानभित्र मात्र होइन, ड्रेसिङ रुममा पनि उत्तिकै ठूलो भूमिका छ । मैले उनको टोलीमा कति ठूलो भूमिका छ भने चर्चा गर्नुपर्छ जस्तो लाग्दैन । मेस्सी भनेको मेस्सी नै हुन् । उनी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन्,’ स्कालोनीले भने ।

अर्जेन्टिनाले सेमिफाइनलमा आयोजक ब्राजिलको सामना गर्दैछ । यसका लागि प्रशिक्षक स्कालोनी तयार रहेको बताउँछन् । ‘यो खेल समग्र फुटबल समर्थकका लागि फरक अनुभव हुनेछ । हामी बेन्चमा रहेकालाई झनै फरक अनुभूति हुनेछ । तर खेल निकै रोमान्चक हुनेमा दुइमत छैन । हामी उनीहरुलाई केहि समस्यामा पारेर खेल जित्ने प्रयास गर्नेछौं,’ स्कालोनीले थपे ।

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.