default_image

6 years ago

June 29, 2019

मकाउले खेल्न नमान्दा श्रीलंका विश्वकप छनोटको दोस्रो चरणमा

195 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तर्गत पहिलो चरणको छनोटअन्तर्गत दोस्रो लेग खेल्न उपस्थित नभएपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मकाउलाई कारवाही गरेको छ ।

घरेलु मैदानमा भएको पहिलो लेग १-० ले जितेपछि मकाउ दोस्रो लेग खेल्न श्रीलंका जान नमान्दा फिफाले मकाउलाई कारवाही गरेको हो । मकाउका राष्ट्रिय टोलीका खेलाडीले संयुक्त विज्ञप्ति जारि गर्दै सबै खेलाडी श्रीलंका जान तयार रहेको भनिरहँदा पनि मकाउ फुटबल संघले श्रीलंका जान नमानेपछि दोस्रो लेग स्थगित भएको थियो । मकाउले श्रीलंकामा सुरक्षा व्यवस्था फितलो भएको कारण देखाउँदै दोस्रो लेग अन्यत्र आयोजना गर्ने प्रस्ताव राखेको थियो ।

फिफाको अनुशासन समितिले मकाउले खेल्न नजाने निर्णय गरेकोलाई नियम उल्लंघन गरेको भन्दै दोस्रो लेगको खेल श्रीलंकालाई ३-० को जित सुम्पिएको हो । यससँगै श्रीलंका विश्वकप छनोटको दोस्रो चरणका लागि छनोट भएको हो । फिफाले मकाउलाई १० हजार स्विस फ्रान्क पनि जरिवाना गराएको छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.