6 years ago
June 30, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत अर्जेन्टिनाले सेमिफाइनलमा स्थान पक्का गरेको छ । क्वाटरफाइनलमा भेनेजुएलालाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम ४ मा प्रवेश गरेको हो ।

क्वाटरफाइनलमा जितपछि बोल्दै अर्जेन्टिनाका कप्तान मेस्सीले मैदानको अवस्था लज्जास्पद रहेको अभिव्यक्ति दिए । ‘मैदानको अवस्था निकै खराब छ । हामीले चाहेअनुसार बल नियन्त्रण भइरहेको छैन । कतै बल गुड्न कठिन हुन्छ त कतै बल खरायोजस्तो बल उफ्रेको देखिन्छ । मैदानको कमजोर अवस्थामा पनि हामी खेल्न बाध्य रहेका छौँ,’ मेस्सीले भने ।
अर्जेन्टिनाले अब फाइनल प्रवेशका निम्ति ब्राजिलको सामना गर्दैछ । यसका लागि टोली तयार भएको अर्जेन्टिनाका कप्तानले जनाएका छन् । ‘ हामी सेमिफाइनल पुग्न एकदम खुसी छौं । ब्राजिलसँगको खेल निकै कठिन हुने पक्का छ । उनीहरुसँग निकै राम्रो खेलाडी छन् । घरेलु मैदान भएकाले पनि उनीहरुलाई फाइदा छ । हामी फाइनलमा पुग्न सक्दो प्रयास गर्नेछौं,’ मेस्सीले थपे ।
अर्जेन्टिनाले सन् २००७ पछि पहिलो पटक ब्राजिलसँग खेल्दैछ । ब्राजिलले क्वाटरफाइनलमा पाराग्वेलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । अर्जेन्टिना लगातार तेस्रो संस्करण फाइनलमा पुग्ने प्रयासमा छ । यसअघि अर्जेन्टिना सन् २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]