6 years ago
July 1, 2019
एजेन्सी – घरेलु टोली इजिप्ट अफ्रिका कप अफ नेसन्समा समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ । इजिप्टले समूह ‘ए’ मा अपराजित रहेर अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो ।

घरेलु टोली इजिप्टले आइतबार राति भएको समूह ‘ए’ को अन्तिम खेलमा युगान्डालाई २–० ले हरायो । एजिप्टको जितमा मोहम्मद सलाह र अहमेद इएल मोहमादीले गोल गरे ।
कायरो अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको ३६औं मिनेटमा सलाहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । करिव ३५ यार्डमा प्राप्त फ्रिकिकमा सलाहले सुन्दर गोल गरेका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा आयमन असरफको पासमा अहमेदले गोल गरेपछि घरेलु टोली खेलमा २–० ले अघि बढेको थियो । दोस्रो हाफमा दुवै टोलीले गोलका केही अवसर पाएपनि सदुपयोग हुन सकेन ।
अपराजित रहेको इजिप्टले ३ खेलबाट ९ अंक जोड्यो । हारपछि पनि युगान्डा उपविजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको छ । युगान्डाले ४ अंक जोड्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो । डिपिआर कंगोले ३ तथा जिम्वावेले एक अंक मात्रै जोड्यो ।
यही समूहको अर्काे खेलमा कंगोले जिम्वावेलाई ४–० ले पराजित गरेपनि नकआउट चरणमा पुग्न पर्याप्त भएन । कंगोको जितमा सेडरिका बकाम्बुले दुई तथा जोनाथन बोलिङगी र ब्रिट आसोमबालोङ्गाले समान १ गोल गरे ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]