6 years ago
July 1, 2019
एजेन्सी – नाइजेरियालाई पछि पार्दै माडागास्कर समूह ‘बी’ बाट समूह विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । समूह चरणको अन्तिमा खेलमा माडागास्करले नाइजेरियालाई २–० ले पछि पार्दै समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो ।

माडागास्कर अपराजित रहँदै समूह विजेता बन्न सफल भएको हो । पराजित भएपनि नाइजेरियाले समूह उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भयो । नाइजेरियाले समूहमा पहिलो हार बेहोरेको हो ।
एलेक्ससान्दिरा स्टेडियममा आइतबार राति भएको खेलमा माडागास्करको सहज जितमा लालइना नोमेन्जानहरि र कार्लस् एन्ड्रिमाहिटसिनिरोले गोल गरे ।
खेलको १३औं मिनेटमा लालइनाको गोलबाट माडागास्करले खेलमा अग्रता बनाएको थियो । ५३औं मिनेटमा कार्लसले गोल गर्दै माडागास्करको २–० को जित पक्का गरे ।

अपराजित रहेको माडागास्करले ३ खेलबाट ७ अंक जोड्यो । हारपछि नाइजेरियाले ६ अंक जोड्यो । गिनियाले ४ तथा बुरुन्डी अंकविहीन बन्यो ।
यही समूहको अर्काे खेलमा गिनियाले १० खेलाडीमा समेटिएको बुरुन्डीलाई २–० ले पराजित ग¥यो । गिनियाको जितमा मोहम्मेद याताराले दुवै गोल गरे । बुरुन्डीको खेलको १२औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो । बुरुन्डीका क्रिस्टोफे सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]