6 years ago
July 1, 2019
एजेन्सी – स्पेनले यु–२१ युरो च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा स्पेनले २०१७ को च्याम्पियन जर्मनीको यु–२१ टोलीलाई २–१ ले पराजित गर्दै कीर्तिमानी पाँचौ उपाधि जित्न सफल भएको हो ।

सन् २०१७ मा स्पेन जर्मनीसाग नै पराजित हुदै उपाधि विमुख भएको थियो । यसपटक स्पेनले उक्त हारको बदला लिन सफल भयो । यससँगै स्पेनले यु–२१ उपाधि जित्ने इटालीसँगको कीर्तिमानलाई बराबरी गरेको छ । इटालीले सर्वाधिक ५ पटक उपाधि जित्दै कीर्तिमान बनाएको थियो ।
जर्मनीमा भएको खेलमा स्पेनको जितमा फावियन रुइज र डानी ओल्मोले गोल गरे । घरेलु टोलीका नादिम आमिरीले सान्त्वाना गोल फर्काए ।

प्रतिस्पर्धात्मक बनेको खेलको शुरुमै स्पेनले अग्रता लिन सफल भएको थियो । सातौं मिनेटमा फावियन रुइजले गोल गर्दै स्पेनलाई पहिलो हाफमा १–० को अग्रता दिलाएको थियो ।
६९औं मिनेटमा डानी ओल्मोले गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाउदै जिततर्फ डोर्याएका थिए । खेल सकिन १ मिनेट बाँकी रहँदा घरेलु टोलीका लागि नादिम आमिरीले गोल गर्दै खेलमा फर्काउने संकेति दिएपनि खेलमा फर्कन निकै ढिला भइसकेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा स्पेन २–१ ले विजयी हुन सफल भयो ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]