6 years ago
July 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपीएफ क्लबले ललित मेमोरियल यु १८ फुटबल च्याम्पियनसिपमा सोमबार रुस्लान थ्री स्टार क्लबलाई हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा थ्री स्टार एपीएफसँग ५–२ को गोलअन्तरमा पराजित भएको हो ।

एपीएफको जितमा रन्जन पुनले २, विपिन थापामगर, रोहन प्रधान र समिराज थोकरले समान गोल गरे । थ्री स्टारका दिप्सन राउत र सुमन श्रेष्ठले गोल गरे ।
खेलको २१औं मिनेटमा विपिनको गोलबाट एपीएफले अग्रता लियो । २४औं मिनेटमा रन्जनले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे । ३३औं मिनेटमा रोहनले गोल गरेपछि पहिलो हाफमै थ्री स्टार ३–० ले पछि परेको थियो ।
४४औं मिनेटमा कप्तान दिप्सनले गोल गर्दै थ्री स्टारलाई खेलमा फर्काउने संकेत दिएका थिए । ४८औं मिनेटमा सुमनले गोल गरेपछि थ्री स्टारले खेललाई ३–२ को अवस्थामा ल्याएको थियो । ७३औं मिनेटमा रन्जन पुनले गोल गरेपछि एपीएफ खेलमा ४–२ ले अघि बढ्यो । ८६औं मिनेटमा समिराजले गोल गरेपछि एपिएफको जित सहज बन्यो ।

अर्को खेलमा एनआरटी र सिएमजी क्लब संकटाले १–१ को बराबरी खेलेका छन् । एनआरटीले अग्रतालाई एक मिनेट पनि जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो । विवेक राईको गोलमा एनआरटीले ७५ औं मिनेटमा अग्रता लियो । तर संकटाले ७६ औं मिनेटमा अभि पहरीले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । प्रतियोगितामा मंगलबार मनाङ र आर्मीबीच खेल हुनेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]