6 years ago
July 1, 2019
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ वनस्थली इन्स्टिच्युट (एसभिआई) ले क्विक्स कप अन्तर विद्यालय राष्ट्रिय छात्र फुटबल प्रतियोगिताको पहिलो खेलमा फराकिलो जित निकालेको छ ।

मध्यपुर थिमीमा सोमबार भएको खेलमा एसभिआइले खोप्रिङ इंग्लिस सेकेन्डरी स्कुललाई १७–० को फराकिलो गोल अन्तरल पराजित गर्दै विजयी शुरुवात गरेको हो । वनस्थलीको फराकिलो जितमा समिर थापा मगरले ह्याट्रिकसहित ५ गोल तथा रियाम जंग शाहले ह्याट्रिकसहित ४ गोल गरे ।
आजद पुन मगर, अन्जान मगर र प्रतिक यादवले समान २ गोल गरे । विपीन भुजेल र कृष्ण थापा मगरले समान १ गोल गरे । गोलको वर्षा भएको खेलमा वनस्थलीले पहिलो हाफमै १०–० को फराकिलो अग्रता बनाउदा दोस्रो हाफमा ७ गोल गर्न सफल भएको थियो ।
सोमबारको अर्काे खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले पिनाकल स्कलर्स एकेडेमीमाथि ७–० को फराकिलो जित निकाल्यो । नेपाल राष्ट्रियको फराकिलो जितमा सागर तामाङले ह्याट्रिकसहित ४ गोल गरे । लाक्पो तामाङ बलले २ तथा सरोज लामाले एक गोल गरे । अर्काे खेलमा नेपाल एपीएफ स्कुलले श्रमिक शान्ति स्कुलमाथि ३–० को सहज जित निकाल्न सफल भयो । एपीएफको जितमा पवन शर्माले २ तथा अरुण ठकुरीले एक गोल गरे ।
प्रतियोगितामा मंगलबार समूह ‘क’ मा चार खेल हुनेछ । पहिलो खेलमा सैनिक आवासिय मावि र सनसाइन नेशनल स्कुल, जलपा मावि र मंगलदिप, एभरेस्ट आवासया मावि र ग्रीनफिल्ड तथा मदन स्मारक र लिभरपुलबीच खेल हुनेछ । सबै खेल मध्यपुर थिमीमा हुनेछ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषदको समन्वयमा क्वीक्सको मुख्य प्रायोजनमा अखिल नेपाल फुटबल संघले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा ६८ विद्यालयले सहभागिता जनाएका छन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]