default_image

6 years ago

July 2, 2019

मानेको दुई गोलमा सेनेगल अन्तिम १६ मा

144 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो माने ह्याट्रिक गर्नबाट चुकेको खेलमा सेनेगलले केन्यालाई पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ ।

साडियो मानेको दुई गोल सहयोगमा सेनेगलले केन्यालाई ३–० ले पराजित गर्दै समूह ‘सी’ बाट उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । एक गोल इस्माइला सारले थपे ।

३० जुन स्टेडियममा सोमबार राति भएको अ‍ेलमा सेनेगलले खेलको २९औं मिनेटमा अग्रता लिने अवसर खेर फालेको थियो । सालउ सिसलाई पेनाल्टी बक्समा मुसा मेहम्मदले लडाएपछि प्राप्त पेनाल्टीमा साडियो माने चुकेका थिए ।

खेलभर नै केन्यालाई दवावमा राखेको सेनेगलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ६३औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाए । ७१औं मिनेटमा साडियो मानेले सेनेगलको अग्रता दोब्बर बनाए ।

७६औं मिनेटमा केन्या १० खेलाडीमा समेटियो । फिलमोन ओटिनो दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । सुरुवातमै पेनाल्टी चुकाएका मानले ७८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सेनेगलको ३–० को जित पक्का गरे ।

यही समूहको अर्काे खेलमा अल्जेरियाले तान्जिनियालाई ३–० ले पराजित गर्दै समूह ‘सी’ बाट समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको छ ।

समूहमा शतप्रतिशत जित निकालेको अल्जेरियाको सहज जितमा एडाम औनासले २ तथा इस्लाम स्लिमानीले १ गोल गरे । यो समूहबाट केन्या र तान्जिनिया बाहिरिए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.