default_image

6 years ago

July 2, 2019

मोरोक्को समूह विजेता, दक्षिण अफ्रिका बाहिरियो

131 views

0 Bookmark

एजेन्सी – मोरोक्कोले अफ्रिका कप अफ नेसन्समा समूह ‘डी’ को विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान बनाउदा दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिएको छ ।

सोमबार राति मोरोक्कोले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै समूह विजेताको रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको हो ।

नकआउट चरणमा स्थान बनाउन जित निकाल्नै पर्ने खेलमा पराजय बेहोरेसँगै दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिन बाध्य बन्यो । मोरोक्कोको जितमा इन्ज्युरी समयमा एमबार्क बोउसोउफाले गरेको गोल नै निर्णायक बन्यो ।

यो समूहबाट आइभोरी कोस्टले उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भयो । समूह चरणको अन्तिम खेलमा आइभोरी कोस्टले नामिवियालाई ४–१ ले हरायो ।

आइभोरी कोस्टको जितमा म्याक्स एलियन ग्राडेल, जियोफ्रोय सेरी डाइ, विलफ्रिड जाहा र म्याक्सवेल कर्नेटले गोल गरे । नामिवियाका जोस्लिन कामाटुकाले सान्तवना गोल फर्काए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.