default_image

6 years ago

July 2, 2019

रासफोर्डले युनाइटेडमा सम्झौता थपे

87 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका फरवार्ड मार्कुस रासफोर्डले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग सम्झौता नवीकरण गरेका छन् ।

५ बर्से नयाँ सम्झौता अनुसार रासफोर्ड सन् २०२४ को सुरु सम्म क्लबमै रहने भएका छन् । सम्झौता अनुसार रासफोर्डले बोनससहित ३ लाख पाउण्ड प्राप्त गर्नेछन् ।

सम्झौतापछि रासफोर्डले म्यानचेस्टर आफ्नो लागि सब थोक रहेको बताएका छन् । ‘म यहाँ ७ बर्षको उमेरमा आए । क्लबले मलाई खेलाडी र मानिसको रुपमा धारिलो बनाउने काम ग¥यो । म धन्य छु, मैले क्लबको जर्सी लगाउन पाएको छु ।’ उनले थपे ।

२१ वर्षीय फरवार्डले रासफोर्डले प्रिमियर लिगमा १ सय ७० खेल खेलेका छन् । उनले इंग्ल्याण्डबाट ३२ क्याप समेत जितेका छन् । उनले युनाईटेडबाट ४५ गोल गर्नुका साथै २६ गोलका लागि अवसर सिर्जना गरेका छन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.